ओली जस्तो सफल प्रधानमन्त्री अरु पार्टीले देशलाई दिन सक्दैनन् : बस्नेत

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँ पालिकामा एकपा एमाले भात्री संगठन युबा संघ नेपालको अधिवेशन एमाले नेता संसद महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

अधिवेशन बाट युवा संघ गाउँ कमिटी अध्यक्ष दिपक तामाङ र सचीव वीर बहादुर मिजार लगायत ९ वडाको वडा संयोजक समिती चयन भएमा छन् ।

तकार्यक्रममा सांसद बस्नेत लगायत युवा संघ नेपालको केन्द्रिय सदस्य,मकवानपुर जिल्ला युवा संघ नेपालको जिल्ला अध्यक्ष लक्षमण उप्रेती, मनहरि गाउँ पालिका अध्यक्ष एक राज उप्रेती लगायत थुप्रै नेताहरू उपस्थिति रहेको थियो।

कार्यक्रममा आफ्नो भनाई राख्दै युवा संघ जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतीले परमादेशबाट आएको सरकारले एमाले टुक्र्याउन अध्यादेश ल्याएर पार्टी फुटाएर कुनै असर नपरेको बताए । उनले एमाले अझै बलियो र शक्तिशाली पार्टी रहेकोसमेत बताए।

त्यसैगरि गाउँपालिका अध्यक्ष एक राज उप्रेतीले ओली सरकार गरेको भूमी सम्बन्धि कार्यक्रम अति महत्त्व पुर्ण रहेको र कार्यक्रमबाट मनहरीको करिब ७ हजार घर धुरिले जग्गा धनी पुर्जा पाउने बेलामा परमादेश सरकारले यो कार्य लाई खारेज गरेकोले घोर बिरोध गर्नुपर्ने बताए ।

प्रमुख अतिथि बस्नेतले आफ्नो भनाई राख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै ओली जस्तो प्रधानमन्त्री अरुपार्टीबाट देशले पाउन गाह्रो हुने बताए । साथै अब छिट्टै ओली बहुमतका साथ प्रधानमन्त्री भएर आउने समेत उनले जिकिर गरे ।