थप कडाईकासाथ् यौ”न दुर्व्यवहार सम्बन्धी कानून ल्याउदै मलेसिया

everest kitchen

एजेन्सी। मलेसियामा यौ न उत्पीडनलाइ सम्बोधन गर्न को लागी एक विशेष कानून यस बर्ष संसद मा पेश हुने अपेक्षा गरिएको छ। महिलालाई थप सुरक्षित र अधिकार सम्पन्न बनाउनको लागि यौ न उत्पीडन सम्बन्धि ल्याउन लागिएको हो।

महिला, परिवार र सामुदायिक विकास मन्त्री दातुक सेरी रीना हारु एक वक्तव्य जारि गर्दै भनिन “यस समय,विधेयक मन्त्रिपरिषद्मा अनुमोदनको लागी ल्याईनु भन्दा पहिले मन्त्रालयले सेतो बिल वा महान्यायाधिवक्ताको च्याम्बरको स्वीकृति पर्खिरहेको छ ।”त्यसपछि यो संसद मा पहिलो पढाई को लागी पठाइनेछ, यस बर्ष को अन्त्य मा यो सम्पन्न हुने आशा छ। त्यसपछि भने यो एक विशिष्ट कानून हुनेछ।

मलेसिया महिला अधिकारमा अगाडी भएपनि महिला अधिकारलाई थप बलियो बनाउनलाई यस्तो कानुन ल्याउन लागेको बताएको छ। यो कानुन जारि भएसंगै बैदेशिक रोजगारीको लागि नेपाल लगायतका मुलुकबाट मलेसिया जाने महिलालाई पनि सहयोग पुग्ने बिश्वास गरिएको छ।

मलेसियामा अहिले पनि महिलाहरुले धेरै यौ न उत्पीडन सहेर बस्ने गरेको एक अनुसन्धानले देखाएको थियो। त्यसोत मलेसियामा विभिन्न बहानामा महिलाहरुई देह ब्यापारमा लगाउदै आएको प्रशस्त पाइन्छ।