जागीर लगाउने भन्दै संस्था खोलेर ठगी गर्ने पक्राउ

everest kitchen
photo:gandaknews

कास्की । विभिन्न कम्पनीमा जागीर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरामा एकजना पक्राउ परेका छन् ।

पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनले विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाई काममा नलगाई ठगी गरेको भन्ने सूचानाको आधारमा पक्राउर गरेको प्रहरीले जनाएको छ ।

पोखरा २७, तालचोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्राइभेट लिमिटेड नामक जब सेन्टरको बोर्ड राखेर करीब ४५ सय जनालाई यसरी नै ठगेको पीडित युवाहरुको आरोप छ । यो दाबीअनुसार पौडेलले जनही २५ सयको दरले एक करोड १२ लाख ५० हजार ठगी गरेको देखिन्छ । तर, पौडेलले १७ लाख उठाएको स्वीकारेका छन् ।

उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।