काठमाडौंमै बो”क्सी आरोपमा चरम यातना: धामीसहित चारजना प्रहरी नियन्त्रणमा

everest kitchen
साङ्केतिक फाेटाे

काठमाडौं । काठमाडौंको ठुलो भ-याङमा झारफुक गरेर बो”क्सी झार्ने नाममा एक महिलालाई चर” म या”तना दिइएको घटना सार्वजनिक भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बो” क्सी’ आरोपमा यातना दिने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई ठुलो भर्याङमा धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन छन ।

गएको भदौ २१ मा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेका थिईन । तर, उनले मामा नाता पर्ने दशनारायणसँग मिलेर पत्नीलाई धामी दिपेन्द्र कुमार थिङकहाँ लगेका थिए । त्यसपछि उनलाई यातना दिएको थियोे ।

तौ महिलालाई धामीकहाँ लगेपछि धामीसँग मिलेर चारजनाले ‘बो”क्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ति महिलालाई कुटेको प्रहरीले जनाएको छ । अहिले यातना दिनेहरु बिरुद्ध काठमाडौं प्रहरीले बो”क्सी आरोप कसुर सजाय ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।