कोभिड-१९ महामारीबाट तङ्ग्रिदै मलेसिया: चहलपहल बढ्यो (फोटोसहित)

everest kitchen

क्वालालम्पुर । मलेसियामा १० सेप्टेम्बरदेखि आवागमन खुकुलो पार्ने गरी अगाडि बढीको छ । मलेसियका प्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुबले “नेसनल रिकभरी प्लान” (पिपिएन) सार्वजनिक गरेर कोभिड-१९ बाट बिस्तारै सामान्य जनजीवनमा फर्किने योजना रहेको बताएका छन् ।

उक्त प्लान अन्तर्गत यदि कोबिड–१९ बिरुद्धको दुबै खोप लगाएको छ भने रेष्टुरेन्टमा बसेर खाना पनि खान पाइनेछ भने बजारमा किनमेल गर्न पनि पाइनेछ । जसअनुसार मलेसियाका विभिन्न राज्यमा मानिसको चहलपहल सुरु भएको देखिन्छ ।

मलेसियामा बयष्कहरुमध्येमा ५० प्रतिशतले दुबै खोप लगाएकोले यो सुबिधा थपिएको हो । अगस्ट ३१ तारिखसम्म लक्ष्य राखिएको भएता पनि सोचेको समयभन्दा चाडै कार्यसम्पन्न भएकोले सरकारले नयाँ कार्यक्रम ल्याएको बताएको छ ।

सरकारले फेज १, फेज २, फेज ३, फेज ४ गरि चार वटा सुधार योजना ल्याइएकोमा अब दुबै खोप लगाउने जो सुकैले जुनसुकै फेजमा भएता पनि बाहिर हिडडुल गर्ने, रेष्टुरेन्टमा बसेर खाना खान पाउनेछन् ।

मलेसिया सरकारले कोबिडको कारणले देशमा नागरिकहरुलाई सकेसम्म सुरक्षित राख्न लकडाउन लगाएको बताएको छ । मलेसियामा अहिले दैनिक झन्डै ४ लाख नागरिकले खोप लगाईरहेका छन् । जुन बिश्वमै उत्कृष्ट मध्येमा एक हो ।

पछिल्लोपटक कोरोनाको दोस्रो लहरको ठुलो मारमा रहेको मलेसियामा अझैपनि दैनिक करिब १० अौं हजार संक्रमित र सो भन्दाबढीले स्वास्थ्य लाभ गर्दै आएको तथ्यांकले देखाउछ । यद्यपि केही दिनदेखि भने मलेसियामा खोप लगाउनेको सङ्ख्या धेरै बढेकोले कोभिड-१९ नियन्त्रण सहज हुने देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् ।

मलेसियामा बस्ने विदेशि नागकिरहरुले पनि बिना विभेद खोप पाउने भएकोले सरकारले बारम्बार सबैले खोप लगाउन अनुरोध गरिरहेको छ । अबैधानिक हैसियतमा रहेका नागरिकहरुले पनि कुनै पनि डकुमेन्ट बैधानिक प्रमाणपत्र बिना खोप लगाउन पाईरहेका छन् ।