थारु गीत ‘चोटी वाली छौरी’ को भिडियो सार्वजनिक (भिडियोसहित)

everest kitchen

कृष्ण गुप्ता
कलैया । थारु गीत चोटी वाली छौरीको भिडियो सार्वजनिक भएको छ । गत साता भिडियोको छायांकन सम्पन्न भई सम्पादनमा गएको भिडियो हिजो शनिबार सार्वजनिक भएको छ।

यस अघि सामाजिक सञ्जालको फेसबुकमा म्युजिक भिडियोको पोस्टर पोष्ट गर्दै निर्माताले फस्र्ट लुक सार्वजनिक भएको थियो । पोस्टरमा बिरु चौधरी र लिजा कोशल चौधरी फिचरिंग छन् । रिक्शामा सवार उनीहरुको पोजलाई सामाजिक सञ्जालमा दर्शकहरुले मन पराएका छन् ।

थारु आईटम गीत भनिएको यस गीतलाई प्रमोद चौधरीले शब्द दिएका छन् । गीतलाई गणेश चौधरी र भानुले संगीतबद्ध गरेका छन् । गीतमा भानु थारु र सोनु कुश्मीको स्वर छ भने गीतमा हालिएको र्यापलाई राज कुश्मीले स्वर भरेका छन् । यस गीतको भिडियोलाई सावन शर्माले निर्देशन गरेका छन् भने क्यामेरा विकास गुरुङ्गले सम्हालेका छन् ।

भिडियोमा फोटोग्राफरमा बिजय ठाकुर ले गरेको छन भने सह फोटोग्रफर मा अनिल, मुना ,आकाश ले सकाएको छन। भिडियोको प्रोडक्शन डिजाईनरको भूमिकामा युवराज केशरी देखिएका छन् ।

लिजा कोशलको दर्जनौं मैथिली भिडियोमा काम गरेकि छिन भने बिरू चौधरीले पनि विभिन्न भिडियोमा काम गरिसकेका छन् ।