सङ्खुवासभा ह”त्या प्रकरण: लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

everest kitchen
सार्वजनिक गरिएका आरोपित लोक बहादुर

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह” त्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

ह” त्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा नरेशको साथबाट बरामद गरेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

उक्त ह” त्याकाण्डमा लोकबहादुरलाई सहयोग गरेको आशङ्कामा नरेशमाथि समेत छानबिन थालिएको उनले बताए । घटनाको अनुसन्धान गर्न १० प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ ।

यही भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह त्या भएको थियो ।

उनीहरुको ह” त्या आफुले गरेको लोकबहादुरले प्रहरी समक्ष स्वीकारेका छन् । उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । ह” त्यापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र सङ्खुवासभाका उपरीक्षक लालध्वज सुवेदीसहितको टोली घटनास्थलको पुगेको थियो ।