नेपालको विकास र समृद्धिका लागि एमसीसी चाहिन्छः कानुनमन्त्री

everest kitchen

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् ।

शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको बिकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन् ।

उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसदबाट पास गराउनुपर्ने बताए । उनले एमसीसी बिकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे ।

एमसीसी संसदबाट पास गराउनको लागि सबैबीच सहमतिको खाँचो रहेको उनले औंल्याए । मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए ।