तीनदिने घुम्ती शिविर सञ्चालन गर्न सुचना तथा प्रसारण विभागको टिम रुकुममा

everest kitchen

रुकुम । तीनदिने घुम्ती शिविर सञ्चालन गर्न सुचना तथा प्रसारण विभागको टिम रुकुम पश्चिममा आईपुगेको छ ।
रुकुममा सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले तीनदिने घुम्ती शिविर सञ्चालन गर्ने टोली रुकुम आएको हो ।

नेपाल पत्रकार महासंघ रुकुमको आयोजना र सूचना तथा प्रसारण विभागको समन्वयमा असोज २, ३ र ४ गते रुकुम पश्चिमको मुसीकोटमा उक्त सिविर सञ्चालन भईरहेको छ ।

शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गरिने नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

उनका अनुसार नेपाल पत्रकार महासंघ रुकुमको आयोजना र सूचना तथा प्रसारण विभागको समन्वयमा रुकुम पूर्व र रुकुम पश्चिमका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्न पत्रकारिता तालिम समेत सञ्चालन गर्न थालिएको छ ।