सङ्खुवासभा घटना: घटनाका मुख्य योजनाकार लोक बहादुरका काकासहित थप ४ जना पक्राउ

everest kitchen

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह त्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएका चारै जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह “त्या भएको थियो ।

एकै परिवारका ६ जनाको ह “त्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन: घटनास्थल पुगेको हो ।

घटनाबारे थप अनुसन्धान गर्न शुक्रबार सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको छ ।

लोकबहादुरको बयानका आधारमा चार जनालाई पक्राउ गरिएको सुवेदीले बताए । पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् ।

पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की छन् । अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको खुलेको प्रहरीले जनाएको छ ।

घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

अन्यले थाहा पाए उनीहरुको पनि ह “त्या गर्ने योजना रहेको प्रहरीले भनेको छ । सोही योजना अनुरुप लोक बहादुरका काका खडक बहादुर घटना घट्नु अघि नै मृतक तेजबहादुरको घरमा गई लोकबहादुर अल्छी छ घरमै गएर बोलाएर ल्याउन भनेका थिए ।

तेजबहादुर लोकबहादुरको घर पुगेर लोकबहादुरलाई बोलाएर घर फर्किने क्रममा लोक बहादुरसहित अन्य चार जना मिलेर लोक बहादुरको ह”त्या गरेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान अधिकारीका अनुसार लोक बहादुरलाई जहिल्यै पनि गाली गर्ने, त्यस्तै खडकबहादुर रक्सी खाएर श्रीमती कुटपिट गर्ने गरेकोले उनलाई पनि हप्काउने गरेको र अन्यलाई पनि गाली गर्ने, आफु सम्पन्न भएको घमण्ड देखाउने गरेको कारण मिलेर तेजबहादुरको ह” त्या योजना बनाएको र घटना थाहा पाएपछि अन्य सबैलाई मारे,को लोकबहादुरले बयान दिएको बताएको छ ।