थप १ हजार ९५ जनामा कोरोना संक्रमण, २ हजार ९५७ संक्रमणमुक्त

everest kitchen

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । योसंगै ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन्।

यस्तै, संक्रमणका कारण ८ जनाको मृत्य भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ ।