बुटवलका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता पंगेनी पक्राउ

everest kitchen

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन्।
सुवेदीमाथि मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने पंगेनीलाई दिउँसो प्रहरीले पक्राउ नगरी त्यसै छोडिदिए पनि सोमबार साँझ भने बुटवलबाट पक्राउ गरेको हो। अहिले भने उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले बताएको छ।

बुटवल-३ ज्योतिनगर र लक्ष्मीनगरमा चुरेपहाडबाट झरेको पहिरोको क्षति निरीक्षणका लागि सोमबार बिहान पहिरोग्रस्त स्थलमा गएका सुवेदीलाई ती युवाले मुक्का प्रहार गरेका थिए।

पंगेनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत् पङ्गेनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन्।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएको स्थानीयले बताए ।

सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गरेपनि प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए । यद्यपि मेयस सुवेदीलाई भने एक मुक्का लागेको थियोे ।