मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

everest kitchen

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री र अध्यक्ष दाहालको भेटलाई मन्त्रीपरिषद विस्तार बारे तार्किक निष्कर्षको रुपमा हेरिरहेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ। बालुवाटार स्रोतका अनुसार मन्त्रालय भागबन्डा गरेर छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे उनीहरूबीच छलफल भएको हो।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेक‍ो करिब ३ महिना पुग्नै लाग्दा पनि अझैसम्म मन्त्रीपरिषदले पूर्णता पाएको छैन । अब भने छिट्टै मन्त्रीपरिषद बिस्तार हुने नेताहरूले बताउदै आएका छन् ।