मलेसियामा कोरोनाले भक्त योङहाङ्गको ज्यान लियो

everest kitchen

मलेसियामा बिगत १५ बर्ष देखि बसोबास गर्दै आएका इलाम जिल्ला माई नगर पालिका ६ का भक्त योङहाङ्ग लिम्बुको कोरोनाले ज्यान लिएको छ ।
मलेसिया स्थित जोहोरबारुमा पछिल्लो समयमा ब्यापार ब्यवसाय गर्दै आएका लिम्बु अन्य कुनै खासै बिरामि नभए पनि केहि दिन देखि कोरोना संक्रमण देखिएपछि आईसोलेसनमा बसिरहेका थिए । तर, दूईतिन दिन अगाडी देखि अलिक गाह्रो बनाएपछि भने अस्पताल भर्ना भएका थिए । तर, अचानक कोरोनाकै कारणले उनले प्राण गुमाउनु पर्‍यो ।
मलेसियामा ब्यापार ब्यसायसँगै सामाजिक संस्थाहरुमा पनि संलग्न लिम्बु किरात याक्थुङ्ग चुम्ल्ुङ्ग मलेसियाको सह–कोषाध्यक्ष पनि रहेका थिए । उनको परिवारमा श्रीमति र एक छोरा छन् ।
मलेसियामा कोरोनाको कारण दैनिक जसो प्रवासी नागरिकहरुको मृत्यु भईरहेको छ । जसमा नेपाली नागरिकहरुको पनि अत्याधिक रुपमा मृत्यु भईरहेको छ ।