प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार रुकुमका पत्रकार मेगराज खड्कालाई

everest kitchen

काठमाडौं । आहा सञ्चार साप्ताहिक रुकुम पश्चिमका प्रकाशक तथा प्रधान सम्पादक मेगराज खड्कालाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको बिशेष समारोहका विच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।

पत्रकारिता क्षेत्र मार्फत राष्ट्रलाई पुर्याउदै आएको योगदानको निम्ति प्रेस काउन्सिल नेपालको ५२ औं वार्षिकोत्सवको अवसरमा सम्पादक खड्का सहित छनौटमा परेका पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।

प्रेस काउन्सिल नेपालबाट क वर्गमा वर्गीकृत आहा सञ्चार साप्ताहिक रुकुम पश्चिमबाट विगत ९ वर्षदेखि निरन्तर प्रकाशित भैरहेको छ । पत्रिका संगै आहा सञ्चार डटकम अनलाइन पनि सञ्चालनम छ ।

करिव १५ वर्ष देखी रुकुममा रहेर पत्रकारितामा सक्रिय खड्का आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर समेत गरेका छन । खड्काद्धारा लिखित रुकुमको पत्रकारिताः इतिहास र समस्या पुस्तक केहि महिनाअघि मात्र प्रकाशित भएको थियो ।

स्थानीय मिडियाका साथै रेडियो नेपाल, कारोवार दैनिक र सगरमाथा टेलिभिजन लगायतका विभिन्न राष्ट्रिय मिडियाहरुमा पनि एक दशकदेखि पत्रकारिता गरेको उनको अनुभव छ ।

खडकासंगै “प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार” ११ जनाले प्राप्त गरेका छन् भने “क्रियाशील पत्रकार” पुरस्कार ७ जना, भाषागत १, सशक्त सञ्चारकर्मी २ जनाले प्राप्त गरेका छन् । त्यस्तै यसबर्षको आचारसंहिता पुरस्कार उज्वल शर्मा , सुरेन्द्रबहादुर बस्नेत पुरस्कार बद्रीनाथ खनाल, गोपालदास पत्रकारिता पुरस्कार भारतदत्त कोईरालाले प्राप्त गरेका छन् ।