एकीकृत समाजवादीको युवा संघले खादा माला प्रयोग नगर्ने

everest kitchen

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए ।

‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने । अनुत्पादक र अनावश्यक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्ने उनले बताए ।

कार्यक्रमको शैली पनि परिवर्तन गर्ने युवा संघले निर्णय गरेको छ । अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन् । अतिथिहरु सहभागीहरुसँग बस्नेछन् ।