नेपाली काङ्ग्रेस राप्ती नगर पालिकाको सभापतिमा देबेन्द्र लाम निर्वाचित

everest kitchen

सविन कुमार, चितवन । नेपाली काङ्ग्रेस पुर्वी चितवन राप्ती नगरपालिका को सभापतिमा देबेन्द्र लाम निर्वाचित भएका छन् । आज सम्पन्न काङ्ग्रेस गाउँअधिवेशनबाट लामा निर्वाचित भएका हुन ।

अधिवेशनबाट अर्का अध्यक्षका प्रत्यासी नारायण उप्रेतीलाई पराजित गर्दै लामा निर्वाचित भएको हुन । निर्वाचीत लामाले कुल मतको १२७ मत प्राप्त गरेको थियो भने अर्को उमेरद्वार उप्रेतीले ८७ मत प्राप्त गरेका थिए।

त्यसै गरि आज सम्पन्न अधिवेशनबाट उपसभापति पदमा अनिता खरेल र कृष्ण प्रसाद पाण्डे निर्वाचित भएका छन भने सचिव पदमा राज कुमार सिलवाल र लक्ष्मी कँडेल निर्वाचित भएका छन ।

त्यसैगरि सह सचिव पदमा सारा माया प्रजा र मनोज तामाङ निर्वाचित भएका छन भने अपाङ्ग प्रतिनिधिमा वीर बहादुर श्रेष्ठ निर्वाचित भएका छन। नवनिर्वाचित सभापति लामा राप्ती नगर पालिका वडा नम्बर ९ का जन निर्वाचित वडा अध्यक्ष पनि हुन ।