एमाले राक्सिराङ-६ वडाको युवा संघको अधिवेशन सम्पन्न

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ वडा कमिटी र युवा संघ वडा अधिवेशन सम्पन्न भएको छ। भेला बाट एमाले वडा कमिटी अध्यक्ष मोतीराम चेपाङ र युवा संघ अध्यक्षमा बिकास तामाङ चयन भएका छन ।

उक्त कार्यक्रम राक्सिराङ ६ को सिलिङ्गेमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा एमाले मकवानपुर जिल्ला कमिटी सह-सचिब लाल बहादुर थापा रहेको थियो।

बिशिस्ट अतिथिमा भिमफेदी गाउँ पालिका अध्यक्ष हिमम लामा त्यसै गरि एमाले जिल्ला कमिटी सदस्य राक्सिराङ -६ का वडा अध्यक्ष सिंग लाल प्रजा,वडा नं.३ वडा अध्यक्ष बाबू लाल स्याङ्तान,वडा अध्यक्ष सञ्जय कोईराला,राक्सिराङ गाउँ कमिटिअध्यक्ष रोहल लामा र सचिव देनेश चेपाङ र राक्सिराङ गाउँ पालिका युवा संघ संयोजक उत्तम वाईबा लगायत जिल्ला स्थरिय नेता र गाउँ कमिटी स्थरिय नेताहरुको उपस्थिति रहेको थियो भने पार्टी वडा कमिटी र युवा संघ वडा कमिटीमा ३०/३० सदस्य समिति चयन भएको थियो।

कार्यक्रममा अतिथी हरु आफ्नो भनाई राख्दै माधव नेपाल प्रती आक्रोश पोखेका छन भने एमाले बाट ४/४ पटक जितेका सांसद बिरोध खतिवडा नयाँ पार्टीमा जानू भनेको पदिय लोभी समेत रहेको आरोप लगाएको छ भने आउने दिनहरुमा सुर्यबाट चुनाब जित्ने अर्को पार्टी लाई सरकार बनाउन सहयोग गर्ने कठपुतली हरुलाई चिन्न अनुरोध पनि गरेका थिए।

त्यसै गरि उक्त कार्यक्रममा दशकौंदेखि नेपाली काङ्ग्रेसमा रहि आएको बोन बहादुर लामा लगायत दर्जनौं ब्याक्तीहरि विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेशसमे गरेको बताएको छ ।