गाई का”टेको आरोपमा पक्राउ परेकाहरुको रिहाईको माग गर्दै शान्तिपुर्ण र्याली

everest kitchen

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गाई का”टेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा शान्तिपूर्ण र्याली गरिने भएकोछ ।

नेपाल तामाङ घेदुङ बकैयाको नेतृत्वमा बागमती प्रदेश घेदुङ, जिल्ला घेदुङको पदाधिकारी सहित र स्थानीयहरुको सहभागिता हेटौंडामा शान्तिपूर्ण र्याली गर्ने लागिएको बकैया घेदुङको अध्यक्ष निरु थिङले जानकारी दिए ।

आज दिउँसो २ बजे बुद्धचोकमा जम्मा भई बजार परिक्रमा गर्ने कार्यक्रम रहेको अध्यक्ष निरु थिङको भनाई छ । शान्तिपूर्ण र्याली पछि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र प्रहरी कार्यालय सम्म पुग्ने कार्यक्रम रहेको बताईएको छ ।

गाई काटेको आरोपमा प्रहरीले गत असोज ३ गते साँझ १० जनालाई पक्राउ गरेको थियो । पक्राउमा पर्ने मध्ये एक १६ वर्षीय सन्देश बिक छुटेका छन् ।

उनलाई पछि आवश्यक अनुसन्धान गर्नु परेको अवस्थामा उपस्थित गराउने शर्तमा छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरीले बाँकी ९ जनालाई १४ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

यता, मरेको गाई व्यबस्थापन गर्ने क्रममा प्रहरीले पक्राउ गरि सोझासिधा जनतालाई दुख दिएको भन्दै नेपाल घेदुङ संघिय समिति, घेदुङको बागमती प्रदेश समिति, मकवानपुर जिल्ला घेदुङ, बकैया घेदुङले विज्ञप्ति जारी गदै बिना शर्त रिहाई गर्न माग गरिसकेको छ ।