श्रीमान्‌ले चढ्ने मोटरसाइकलको कर चुक्ता गर्न प्रदेश सांसदको माँग

everest kitchen

सुधा देव
सप्तरी। प्रदेश २ की एक सांसदले आफ्ना श्रीमान्‌ले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाह गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् ।

प्रदेश सांसद प्रमिला यादवले आफ्ना स्वकीय सचिवसमेत रहेका श्रीमान् अशोक यादव चढ्ने स३प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाह गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् ।

अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी थिइन् ।

निवेदन सोमबार लिएर अशोक यातायात कार्यालय लहान पुगेका थिए । कार्यालयले कर छुट गर्न नमिल्ने बताएको छ । कार्यालय प्रमुख मीन भट्टराईले अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने बताए । उनले कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्ने जानकारी अशोकलाई दिएको बताए ।

कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको भट्टराईले जानकारी दिएका छन् ।

प्रमिला नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद हुन् । अशोक पूर्व निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको छोरा र प्रमिला बुहारी हुन् ।