गाई का”टेको आरोपमा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै हेटौंडामा प्रदर्शन

everest kitchen

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गाई का”टेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा र्याली गरेको छ ।

नेपाल तामाङ घेदुङ बकैयाको नेतृत्वमा बागमती प्रदेश घेदुङ, जिल्ला घेदुङको पदाधिकारी सहित र स्थानीयहरुको सहभागिता हेटौंडामा र्याली गरिगिएको बकैया घेदुङको अध्यक्ष निरु थिङले जानकारी दिए ।

प्रर्दशनमा सहभागिहरुले प्रहरी हस्तक्षेप विरुद्धमा ‘प्रहरी दमन बन्द गर,झुट्टा आरोप खारेज गर,संवैधानीक विभेदखारेज गर,गाई काटेर हाम्रो अधिकार हो अपराध हैन,विना सर्त रिहा गर,झुटो आरोप लगाई फसाएका निर्दोष व्यक्तिहरु अबिलम्ब रिहा गर’ लगाएत प्ले कार्डहरु बोकेका थिए ।

गाई का”टेको आरोपमा प्रहरीले गत असोज ३ गते साँझ १० जनालाई पक्राउ गरेको थियो । पक्राउमा पर्ने मध्ये एक १६ वर्षीय सन्देश बिक छुटेका छन् ।

उनलाई पछि आवश्यक अनुसन्धान गर्नु परेको अवस्थामा उपस्थित गराउने शर्तमा छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरीले बाँकी ९ जनालाई १४ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

यता, मरेको गाई व्यबस्थापन गर्ने क्रममा प्रहरीले पक्राउ गरि सोझासिधा जनतालाई दुख दिएको भन्दै नेपाल घेदुङ संघिय समिति, घेदुङको बागमती प्रदेश समिति, मकवानपुर जिल्ला घेदुङ, बकैया घेदुङले विज्ञप्ति जारी गदै बिना शर्त रिहाई गर्न माग गरिसकेको छ ।