आफैँ उजुरी लेखेर प्रतिवादीसँग पैसा माग्ने वकिल पक्राउ

everest kitchen

चितवन। प्रहरीमा आफैँ लेखेर दिएकाे जाहेरीमा प्रतिवादीसँग पैसा मागेकाे आराेपमा प्रहरीले एक जना अधिकवक्ता (वकिल)लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ठगी उद्योगमा कालिका नगरपालिका-५ पदमपुरका ५० वर्षीय रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नागरिकतासम्बन्धी विषयमा एक जनालाई प्रतिवादी बनाएकाे उजुरी देवकाेटाले लेखेका थिए । तर, ‘तपाईँको नाममा जिल्ला प्रहरीमा जाहेरी परेको छ, उक्त जाहेरी दर्ता नगराई मुद्दा मिलाई दिन्छु’ भनेर देवकाेटाले रकम मागेकाे दाबी प्रहरीले गरेकाे छ ।

‘जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाइदिन्छु’ भनि रकम माग गरेपछि देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिसपी सूर्यबहादुर थापाले जानकारी दिए । ‘आफैँले लेखेर दिएको जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिलाई पटक-पटक फोन गरी तपाईँको नाममा जिल्ला प्रहरीमा जाहेरी परेको छ, उक्त जाहेरी दर्ता नगराई मुद्दा मिलाइदिन्छु भनि रकम माग गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो’, प्रवक्ता थापाले भने ।

देवकोटालाई १० असाेजमा नियन्त्रणमा लिएर सोमबार चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको थापाले बताए । न्युज कारखाना