अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा, अध्यक्ष मात्रै घोषणा गरेकोमा विरोध

everest kitchen

काठमाडाै‌ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा कुर्सी हानाहान भएको छ । सम्मेलनले संगठनको केन्द्रीय अध्यक्ष र सदस्य मात्रै घोषणा गरेर अन्य पदाधिकारी टुंगो लगाउन नसकेपछि बन्द सत्रमै सहभागिले कुर्सी हानाहान गरेका हुन् ।

सहभागिहरुले या त सवै पदाधिकारी टुंगो लगाउनु पर्ने या चुनावमा जानुपर्ने माग गरेका छन् । तर निर्वाचन मण्डलका तर्फबाट क्रान्तिकारीका फ्र्याक्सन ईन्चार्ज हितमान शाक्यले अध्यक्षमा पञ्चा सिंह र १ सय ९९ सदस्यी केन्द्रीय सदस्यको मात्रै टुंगो लगाएको घोषणा गरेपछि सहभागिहरु असन्तुष्ट देखिएका हुन् ।

उनीहरुले ईन्चार्ज शाक्यलाई धकेल्दै कार्यक्रम स्थालबाट निस्कन समेत दिएका छैनन् । क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज चौथो दिन बबरमहल स्थित कार्की पार्टी प्यालेसमा बन्दसत्र चलिरहेको थियो ।

यस अघि महासचिवमा दिपेश पुनको नाम टुंगो लगाएपनि अन्य पदाधिकारीको टुंगो लाग्न नसक्दा सवै पदाधिकारी घोषणा हुन नसकेको हो ।समाचारदैनिक