मृत्यु नजिक पुगेकी कुस्मा बचाउन बाटोमै उपचार

everest kitchen

जानु पाण्डे
कपिलवस्तु। प्युठानको वडडाँडा पुगेपछि कुस्मा थापा बोल्न नसक्ने भएकी थिइन । आँखा बन्द भइसकेका थिए । जिब्रो चलाउनसमेत गाह्रो भइरहेको थियो । उनले पीडा मनमा मात्र राख्न सकेकी थिइन् । आत्म विश्वास गुमेपछि उनले बाँच्ने आससमेत मारेकी थिइन् ।

प्युठान स्वर्गदारी नगरपालिका-५ सारीकी ५८ वर्षीया कुस्मालाई साँझ ७ बजे सर्पले खुट्टामा डसेको थियो । राति ११ बजे उपचार पाएपछि उनी मृत्युबाट जोगिएकी हुन् । कुस्मालाई लिएको आउँदै गरेको एम्बुलेन्सलाई दाङ र कपिलवस्तुको सीमादेखि पूर्वतर्फ धानखोला नजिकै दोबाटामा रोकी उपचार गरिएको थियो ।

कपिलवस्तुबाट गाडी लिएर बीच बाटोमा फेला परी उपचार गरिएको हो । दोबाटामा सडक छेउको प्रतीक्षालयमा सुताएर उनलाई सर्प दंशको उपचारमा प्रयोग हुने औषधी एन्टी स्न्याक भेनम (एएसभी) चलाइएको थियो ।

‘मैले त मर्छु सोचेकी थिए । अस्पताल पुराउनु भन्दा घर लौजाओस् भन्ने मनमनै खेलेको थियो । घरको आँगनमा मर्ने रहर थियो । मनमा यही कुरा खेले पनि बोल्न सक्ने अवस्था थिएन,’ कुस्माले भनिन्, ‘मैले पुर्न जीवन पाएकी पाएछु ।’ कपिलवस्तु सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारी उनी सवार एम्बुलेन्स पहिल्याउँदै गाडी चढेका थिए । बाटोमा उपचार गर्ने गरी भण्डारीले एएसभी अन्य औषधी बोकेका थिए ।

‘मैले हतारमा औषधी राख्दा कैँची हाल्न भुलेछु । नजिकैको घरबाट हँसिया मागेर काम चलाइएको थिए । मैले बाँच्ने आशा मारेको थिए । धन्न औषधिले काम गर्‍यो’, उनले भने ।

कुस्माको अवस्था अहिले सामान्य रहेको छ । सर्पले डसेको आसपासको भाग फुलेकाले एक दिन राखेर डिस्चार्ज गर्ने तयारी गरिएको छ । newskarkhana