६ घन्टा फेसबुक बन्द हुँदा ६ अर्बभन्दा अमेरिकी डलर घाटा

everest kitchen

एजेन्सी । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् ।

नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

६ घन्टा अबरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ ।

सोमबार राति ९ बजेपछि फेसबुक , इन्स्टाग्राम, ह्वाटसप बन्द भएका थिए । यी एप तथा साईटहरु बन्द हुदा करोडौं प्रयोगकर्ताहरुले सास्ती व्यहोर्नुपरेको थियोे । नेटवर्क समस्या भएको भनिएपनि बन्द हुनुको निश्चित कारण बारे स्पष्ट खुलाएको छैन ।