टोल बिकास स्तरीय फूटबल वडा अध्यक्षद्वारा उद्घाटन

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं.६ मा टोल विकास स्तरीय खुल्ला नक-आउट फुटबल प्रतियोगिताको सम-उद्घाटन भएको छ।

उक्त खेलमा वडा भरिरहेका टोल बिकास स्तरीय खेलमा प्रत्येक टोल बिकास संस्था बाट खेल खेल्ने भएका छन । प्रतियोगिता विजयी टिमले उचित पुरस्कार समेत पाउनेछन् ।

उक्त खेल प्रतियोगिताको वडा अध्यक्ष सिंग लाल प्रजाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै, अतिथिहरुमा सामुदायिक वन का अध्यक्ष अईत सिं प्रजा,नेपाली काङ्ग्रेस राक्सिराङ ६ को सभापति राज कुमार प्रजा,सिमर गाउँ टोल बिकास समितिको अध्यक्ष डि.बि. लोप्चन,नेकपा माओवादी केन्द्र वडा ईन्चार्ज अक्कल बहादुर प्रजा लगायत वडा स्तरीय विभिन्न पार्टीका नेताहरुको उपस्थित रहेको थियो । खेल संयोजक राजन तामाङको सभापतित्व रहेको थियो ।

Sponsor

औपचारिक कार्यक्रमको क्रममा वडा अध्यक्ष प्रजाले राक्सिराङ ६ भौगोलिक हिसावले विकट भएको र अति बिकट भएकै कारण फुटबलको ग्राउन्डको ब्यबस्थापन गर्न नसकेको साथै खोलाको बगर बाहेक उचित स्थानमा ग्राउन्ड बनाउन जग्गा पनि नरहेको बताए ।

त्यसैगरि उनले आउने दिन हरुमा जनप्रतिनिधिको पद-अवधी सकिए पनि आफूले खेलकुद क्षेत्रलाई बिषेश सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।