बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो

everest kitchen
photo file

काठमाडौं। बाग्मती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो ।

बाग्मती प्रदेश यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ।

वृद्धि गरिएको भाडामा १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ कायम गरिएको छ । यातायात व्यवसायीहरूले भाडा वृद्धिका लागि आन्दोलन गरिरहेका थिए ।