सङ्गठन नेतृत्वको ९ बर्ष र तितामिठा अनुभवको समिक्षा

everest kitchen

क्रान्तिकारी पत्रकार संघ रुकुमको दोस्रो जिल्ला सम्मेलनबाट सचिबको जिम्मेवारी सहित सांगठनिक नेतृत्वमा आएको ९ बर्ष वितेछ । फेसबुकले आज यस फोटोलाई मेमोरी बनाएर विगतको सचित्र सम्झाईदियो ।

२०६३ पछि संगठनको सुबेच्छुक तथा सदस्य भएर भुमिका निभाएको भएपनि २ बर्ष सचिब, २ बर्ष उपाध्यक्ष र ५ बर्ष अध्यक्षको जिम्मेवारी सम्हालेर जीवनको महत्वपुर्ण ९ बर्षे समय लगानी गरेको छु ।

यो लगानी नेप्सेको चलखेल/सेटिंग मार्फत निरन्तर भाउ घटिरहेको हालको सेयर मार्केटको लगानी जस्तै भयो या क्रमस मिटर बढ्ने सगरमाथाको उचाई जस्तै भयो त्यो समीक्षा, विश्लेषण र सस्लेशन गर्दै छु, बाकी भविश्यले नै देखाउला ।

मेरो ब्यक्तिगत फाईदा वा घरपरिवारको नाफा घाटा वा उपलब्धी भएपनी/नभएपनि राजनीति, समाज रुपान्तरण र पत्रकारिताको हकहित र प्रवद्र्धनका लागि मैले गर्नुपर्ने दायित्य र अबिभारा पुरा गरेको छु ।

राजनीतिक अवसरहरु कहिलै नलिने भन्ने त होईन तर पत्रकार संगठनको नेतृत्वमा आउने वित्तिकै नेता नजिक हुने, ब्यक्तिगत स्वार्थ लिने, मन्त्रीको सचिवालयमा कम्प्युटर अपरेटर वा सल्लाहकार भएर जागिर खाने, एनजिओ आईएनजिओमा जागिर खान नेतालाई फोन गर्न लगाउने देखि पछिल्लो समय गाउँपालिका वा नगरपालिकाको सचिवालयमा करार कर्मचारी भएर जागिर खान्छन भन्ने ट्रेण्ड र आलोचनालाई आजको दिनसम्म चिर्न र प्रश्न विहिन बनाउन सफल भएको छु ।

नत्र म नेतृत्वमै हुदा रुकुमबाट मन्त्री र स्थानीय तहका प्रमुखहरु दर्जन बढी नै हुनुभयो । आजसम्म जसरी बाँचे, हाँसे वा संघर्षरत भए पत्रकारिता आचारसंहिता र संचार कर्ममै रहेर भए । भविश्यमा पनि त्यसकै निरन्तरता गर्नेछु भन्ने विश्वास र दृढता बोकेको छु ।

ठिक ठिक ठाउँमा गर्नुपर्ने आलोचना, समर्थन, विरोध र प्रोत्साहनमा कुनै कसर बाँकी राखिन र बाकी दिनमा पनि भैरहने छन । संयोगले निकट भविश्यमै हाम्रो संगठनको तीनै तहका अधिबेशनहरु हुदै छन ।

सधै नीति, विधि र पद्धतीको आवाज उठाउने म सबैको नेतृत्व बिकास हुनुपर्छ भन्ने सोच अनुरुप जिल्ला स्तरीय नेतृत्व हस्तान्तरणको चरणमा पुगेको छु । आगामी अधिबेशन मार्फत सङ्गठन र साथीहरूले दिने जिम्मेवारी वा सुबेच्छुक रुपमा मात्र रहेपनी संगठनको हित सर्वोपरि ठानेर क्रियासिल हुनेनै छु ।

सङ्गठनको नेतृत्व लिने क्रममा पर्दा भित्रका खेलाडी मार्फत पार्टी, सङ्गठन र नेतृत्वमा देखिएको गुटफुट, मनोमानी र व्यक्तिगत फाइदा लिने प्रवृत्ति विरुद्ध डटेर प्रतिरोध र आलोचना गरे । जसले गर्दा हालसम्मको यात्रामा सबैको प्रिय बन्न नसकेपनि सकारात्मक वा नकारात्मक आआफ्नो दृष्टिकोणबाट भने नबिर्सिने गरि सबैको मनमा बसेको छु ।

आरोह, अवरोह, अरोप, प्रतिआरोप आलोचनात्मक चेत तथा द्धन्दात्मक बहस र विमर्शको केन्द्रविन्दु पनि बने । यो मेरो लागि भौतिक विलाशिता बाहेकको सबैभन्दा ठुलो उपलब्धी, पहिचान र सम्पती हो । यहि सम्पती र अनुभवले बाँकी जीवनको मार्गचित्र कोर्न वा बदल्न कोशेढुंगा सावित गर्नेछ भन्ने आशा र विश्वासमा लामबद्ध छु ।

हालसम्मको यात्रामा सहयोग, सहकार्य, आलोचना, तिरस्कार, प्रतिष्प्रधा र प्रोत्साहन गर्ने सबैसबैमा धन्यवाद । आगामी दिनमा पनि सहयोग, सदिक्षा र सहकार्यको आशा पनि राख्दछु ।

(खडका : रुकुमबाट प्रकाशित आहा सञ्चार साप्ताहिकको प्रकाश तथा सम्पादक हुन । साथै उनी प्रेस संगठन रुकुमका अध्यक्षसमेत हुन)