गायक चन्द्र लावारको ‘एकै नजर’ सार्वजनिक ( भिडियो )

everest kitchen

काठमाडौँ। अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो दोस्रो गीत ‘एकै नजर’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ।

गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने संगीत नताशाको रहेको छ। यस गीतलाई साहिदले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रविन तामाङ, सुवानी मोक्तान, शंकर वाइबा र जेनिस तामाङ फिचर्ड छन्।

रवि रोक्काले छायांकन गरेको भिडियोलाई अनोज सुनारले सम्पादन गरेका हुन्। प्रविन तामाङको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लावारको आधिकारिक च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो।