दशैँ भत्ता फिर्ता गर्ने भनेका सांसदले फिर्ता नगरेर थप भत्ता बुझे

everest kitchen
photo file

जनकपुरधाम । गत वर्ष कोराना महामारी उत्कर्षमा रहेका रहेका बेला आफैँले दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नगरेको खुलेको छ ।

कोरोना महामारीले लामो समयसम्म प्रदेशसभा बन्द रहेको तथा लकडाउनका कारण गरिब, मजदुरहरूको आयआर्जनका माध्यमहरू बन्द रहेको अवस्थामा सांसदहरूले दशैँ भत्ता बुझेपछि चौतर्फी आलोचना भए पनि प्रदेशसभाका नेपाली कांग्रेस, तत्कालीन जनता समाजवादी पार्टी, तत्कालीन नेकपाले विज्ञप्ति नै जारी गरेर बुझेको दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए । तर, अर्को दशैँ आइसक्दा पनि सांसदहरूले दशैँ भत्ता फिर्ता गरेका छैनन् ।

पार्टीले दशैँ भत्ता फिर्ता गर्न निर्देशन नै दिएपछि यी पार्टीका प्रदेश संसदीय दलका बैठकले फिर्ता गर्ने लिखित रूपमा निर्णय नै गरेर प्रेस विज्ञप्ति पनि जारी गरेका थिए । तर, अहिलेसम्म कुनै पनि सांसदले दशैँ भत्ता फिर्ता नगरेको लेखा शाखाले जनाएको छ ।

सांसदहरूले सस्तो लोकप्रियताका लागि दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरे पनि खातामा गइसकेको पैसा फिर्ता गर्न कुनै पनि सांसदले प्रदेशसभा सचिवालयमा पत्र नपठाएको प्रदेशसभा सचिव रंजित यादवले बताए ।