एमाले राक्सिराङ-१ को अधिवेशन सम्पन्न, अध्यक्षमा बबि राम मोक्तान

everest kitchen

मकवानपुर । राक्सिराङ गाउँ पालिका वडा नम्बर -१ को नेकपा एमाले वडा अधिवेशन तथा दशै शुभकामना आदानप्रदान, चियापान कार्यक्रम सप्पन्न सम्पन्न भएको छ।अधिवेशन बाट वडा कमिटी अध्यक्षमा बबिराम मोक्तान चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्ष सुमन मोक्तान ,सचीव अपिल लामा ,सह-सचीव पुर्ण बहादुर मोक्तान लगायत ३१ जना सदस्य कमिटी चयन भएको हो ।

साथै, एमाले भात्री संगठन युवा संघ नेपालको वडा कमिटी अध्यक्षमा कुमार दोङ,उपाध्यक्ष बाबुराम स्याङ्तान,सचीव प्रकाश रुम्बा,सह-सचिव मिथुन स्याङ्तान लगायत २५ सदस्य कमिटी चयन भएको छ।

कार्यक्रम नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य देव राज रिमालको प्रमुख प्रमुख आतिथ्यमा सम्पन्न भएको थियी। अतिथिहरुमा एमाले बागमती प्रदेश कमिटी सदस्य सुन्तली माया चेपाङ , एमाले मकवानपुर जिल्ला कमिटी उप सचीव लाल बहादुर थापा रहेको थियो ।

त्यस्तै, अतिथिहरुमा एमाले मकवानपुर जिल्ला कमिटी जिल्ला कमिटी सदस्यहरु राक्सिराङ-३ का वडा अध्यक्ष बाबू लाल स्याङ्तान,वडा नं.६ का वडा अध्यक्ष सिंग लाल प्रजा,वडा नं.४ का वडा अध्यक्ष सञ्जय कोइराला रहेका थिए,त्यसै गरि बखत बहादुर चेपाङ,मान बहादुर वाईबा, राक्सिराङ गाउँ कमिटी अध्यक्ष रोहन लामा,गाउँ कमिटी उपाध्यक्ष रञ्जित घलान,लगायत जिल्ला नेताहरुको पनि आतिथ्यता रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिमाल ले एमाले बारे चोईटिएर गएका तत्व गरुले अनेकौं टिप्पणी गर्दै भ्रम फैलाए पनि एमाले नफुटेको र एमाले भित्र रहेको भाईरस परस्त भए पछि एमाले सफा,शुद्ध पार्टी भएको दावि गरेका थिए।