दुर्घटनाका मृतकका परिवारलाई राहात र घाईतेलाई उपचार गर्न प्रचण्डको आग्रह

everest kitchen

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।

बुधबार विहान शोक वक्तव्य जारी गर्दै मुगु, कास्की, अछाम लगायतका ठाउँमा सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग प्रचण्डले आग्रह गरेका हुन् ।

साथै उनले सडक घटना न्यूनीकरणका लागि विशेष ध्यान पुर्याउन राज्यलाई आग्रह समेत गरेका छन् । ‘सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको देखिन्छ ।

चाडपर्वहरूमा क्षमताभन्दा बढी यात्रुहरूको ओसारपसारले पनि यस्ता घटना बढ्न पुगेका छन्,’ शोक वक्तव्यमा उल्लेख छ । विजया दशमीको मुखमा देशका विभिन्न भागमा भएका सडक दुर्घटनाका खबरले मर्माहत बनाएको प्रचण्डले बताए ।