साफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई भव्य स्वागत

everest kitchen

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज बिहान नेपाल आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गरेको हो।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीलाइ स्वागत गर्न युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज पनि विमानस्थल पुगेका थिए।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।

अलमुताइरी गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए । एन्फा पदाधिकारीहरुसँगको विवादका कारण अलमुताइरीले सामाजिक सन्जालमा राजीनामा दिने अभिव्यक्ति सार्वजनिक गरेपछि उनी विवादमा परेका थिए ।