सारु खानका छोरा आर्यनको जमानत खारेज

everest kitchen

काठमाडाैं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् । मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो ।

आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो । एनसीबीले मुम्बईस्थित एनडीपीसी कोर्टमा ह्वाट एप्स च्याट पेस गरेको थियो ।

क्रुज ड्रग केसमा आर्यनसहित उनका आठ जना साथीलाई एनसीबीले प्रकाउ गरेको छ । अब शाहरुखका वकिलले आर्यनको जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् । यस अगाडि पनि गत ७ अक्टोबरमा आर्यनको जमानतको अपिल मुम्बईस्थित किला कोर्टले खारेज गरेको थियो ।

२ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् । जेलमा आर्यनले कैदी नम्बर ९५६ को ब्याच पाएका छन् । आर्यनको १४ दिनको न्यायिक हिरासत पनि बिहिबार समाप्त हुँदै छ ।