एमाले अध्यक्ष ओलीद्वारा ६ हजार ७४३ वटा वडामा जुममार्फत एकसाथ अधिवेशन उद्घाटन

everest kitchen

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गरेका छन् ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । यो उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिने भएको छ ।

बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन्। एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ।