तास खेलेको भिडियो बाहिरिएपछि सिडिओ फेरिए

everest kitchen

सर्लाही। सर्लाहीका प्रमुख जिल्ला अधिकारी र एसपी को सरुवा गरिएको छ । गृह मन्त्रालयले सर्लाहीमा प्रमुख जिल्ला अधिकारीमा सह–सचिव बाबुराम खतिवडालाई पठाएको छ ।

सर्लाहीमा कार्यरत राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीका एसपीसँग प्रमुख जिल्ला अधिकारीले तास खेलेको भिडियो बाहिरिएपछि उनीहरुलाई सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।

आइतबार सर्लाहीबाट प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले रठौरको ठाउँमा एसपी कृष्ण प्रसाईलाई पठाएको छ ।

सशस्त्र प्रहरीको सर्लाही स्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर गढीमाई बाहिनीमा कार्यरत भरत खनियालाई त्यहाँ पठाइएको छ । रातोपाटी