तेस्रो एपिक नेपाल म्युजीक अवार्डको उत्कृष्ट पाँचको नाम सार्वजनिक (सुचिसहित)

everest kitchen

काठमाडौं । एपिक नेपाली म्युजीक प्रा.ली.ले आयोजना आउँदो मंसिर ११ गते भक्तपुरमा वितरण हुन लागेको एपिक नेपाल म्युजीक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको छ ।

हरेक वर्ष हुदै आएको एपिक नेपाल म्युजीक अवार्डमा यसबर्षका लागी यसबर्ष अवार्ड ३२ बिधामा आवर्ड प्रदान गर्न लागिएको हो । आयोजकले ३२ बिधामा उत्कृष्ट ५ मनोनितको नाम सार्वजनिक गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा हुन लागेको उक्त आवर्डलाई बिशेष गरी मध्यपुर थिमि भित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले सहकार्य अगाडी बढाएको बताएको छ ।

यस अवार्डमा नेपाली लोकगीत तर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडल देखी निर्देशकहरुलाई पनि समेटिएको आयोकले जनाएको छ । आवर्डमा नेपाली मौलिक भाकाहरुका साथै काठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको छ ।

अवार्ड वितरण कार्यक्रम आगामी मंसिर ११ गते दिउँसो मध्यपुर थिमि नगरपालिकाको बोडे स्थित कुमारी पार्कमा हुने आयोजकले जनाएको छ ।

यी हुन विभिन्न विधाका उत्कृष्ट पाँचहरु