मलेसियाको भिषा खुल्यो, अब नेपाली पनि जान पाउने

everest kitchen

मलेसिया । मलेसियाले नयाँ बिदेशि कामदार लिने भएको छ । यससँगै अब नेपालीहरु पनि मलेसिया काम गर्न जान पाउने भएका छन् ।

मलेसिया नेपालीहरुको लागि प्रम्ुख श्रम गन्तब्य मुलुक रहदै आएको छ । तर, तात्कालिन श्रम मन्त्री गोकर्ण बिष्टले मलेसिया श्रम गर्न जाने कामदारहरुको लागि फ्रि भिषा, फ्रि टीकटको नियम लागु गराउने घोषणा गरेसँगै नेपाली श्रमिकहरु चाहेर पनि सहज रुपमा मलेसिया काम गर्न जान सकिरहेका थिएनन् ।

पछि २०७५ सालमा मलेसिया खुल्ला गरिएता पनि कोविड महामारीका कारण मलेसियाले विदेशि कामदार लिएको थिएन । कोविडको महामारी बिस्तारै हटेसँगै मलेसियाले विदेशि कामदार लिने भएको छ ।

काठमाडौं स्थित मलेसियन राजदुतावासले एक विज्ञप्ति जारी गर्दै मलेसिया सरकारको निश्चित मापदण्ड पुरा गरेर मलेसिया श्रमिक जान पाउने जानकारी गराएको हो ।

मलेसिया जानलाई पूर्ण खोप लगाएको हुनुपर्ने, पिसिआर परिक्षण नेगेटिभ आएको हुनुपर्ने, मलेसिया पुगेपछि तोकिएको मापदण्ड पुरा गरि क्वारेन्टाइन बस्नुपर्ने लगायतका नियमहरु रहेका छन् ।