पराष्ट्रपति नन्दबहादुर पुनद्वारा लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

everest kitchen

काठमाडौँ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला तथा संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता तथा बालसाहित्य) विभाग र लोकवार्ता परिषद्, नेपालद्वारा सब्युक्तरूपमा आयोजित परिषद्को १० औँ सम्मेलन एवम् लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’को समुद्घाटन गर्दै उहाँले मौलिक संस्कृतिको जगेर्ना र प्रवर्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।

“हाम्रो मौलिक भाषा, संस्कृति र कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानी नजानी यो अतिक्रमणमा परिरहेका छौँ । हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?”, उनले भने– “भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन । मेरो आग्रह छ– हाम्रो मौलिक भाषा, कला, संस्कार र संस्कृति जोगाऔँ ।प्रवर्धन गरौँ । र, भावी पुस्तालाई हस्तान्तरण गरौँ ।”

उक्त अवसरमा उपराष्ट्रपति पुनले प्रज्ञा–प्रतिष्ठान, लोकवार्ता विभागबाट प्रकाशित गोर्खाली युद्धबन्दीका लोकभाका र कथा’, नेपाली लोकरामायणका विविध रूप’, नेपाली लोककविताको काव्यशास्त्रीय विश्लेषण’, लोकवार्ता सिद्धान्तका आधारमा घरगीत’ र परिषद्द्वारा प्रकाशित नेपाली लोकवर्ता’को भाग ७, ८ र ९ को विमोचन गरेका थिए।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गब्गाप्रसाद उप्रेतीले नेपालम भौगोलिक, भाषिक तथा सांस्कृतिकलगायतका अनेक विविधता रहेको उल्लेख गदैर् तिनलाई सहीरूपमा चिन्न सके मात्र नेपाललाई चिन्न सकिने विचार व्यक्त गरे ।

उनले भने– “लोकवार्ता नेपालकै विशिष्ट पहिचान हो । नेपाली वाब्मयको एउटा महत्वपूर्ण विधा हो । यसै कारण लोकवार्ताको समग्र विकासका लागि प्रज्ञा–प्रतिष्ठानले लोकवार्ता विभाग नै बनाएर काम गर्दै आएको छ ।”

प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले कार्यक्रममा स्वागत मन्तव्यसहित कार्यक्रमकोउद्देश्यमाथि प्रकाश पारे । उनले सो अवसरमा लोकवार्ता विभागबाट नेपाली लोकवार्ताको उन्नयनका निम्ति भएका प्रगतिबारे जानकारी गराए ।

लोकवार्ता परिषद्, नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रा.डा. प्रेम खत्रीले नेपाली लोकवार्तासँग सम्बन्धित क्षेत्रको अध्ययन, अनुसन्धान, संरक्षण तथा संवर्धनका लागि परिषद्ले गरिरहेका कामहरूका बारेमा बताउनुभयो । कार्यक्रममा परिषद्बाट उपराष्ट्रपति पुनलाई सम्मान गरेका थिए ।

सम्मान–पत्र परिषद्का अध्यक्ष प्रा.डा. खत्रीले अर्पण गर्नुभएको थियो । सोही अवसरमा परिषद्ले समाजसेवी तथा लोकवार्ता अभियन्ता बमकुमारी बुढामगर र डा. राज्यश्री श्रेष्ठलाई सम्मान गरेको थियो । उपराष्ट्रपति पुनले बुढामगर र श्रेष्ठलाई सम्मान–पत्र अर्पण गरेका थिए ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष यज्ञराज उपाध्यायले परिषद्को गतिविधिका साथै विमोचित कृतिहरूका बारेमा सब्क्षिप्त परिचय दिए । कार्यक्रम सम्मानित व्यक्तित्व बुढामगरले पनि बोलेका थिए । कार्यक्रम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुुरुब , सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल र लक्ष्मी मालीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन परिषद्का महासचिव डा. भक्त राईले गरेका थिए । कार्यक्रमको समुद्घाटनपछि लोकवार्तासम्बन्धित कार्यपत्रहरू  प्रस्तुत गरिएका थिए ।