सबै दल मिलेर अगाडि बढ्नुपर्छ भनेरै राजिनामा दिएको हो : मुख्यमन्त्री शाक्य

everest kitchen

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सबै दल मिलेर अगाडि बढ्नुपर्छ भनेरै आफुले राजिनामा दिएको बताएकी छन् । पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै प्रदेशमा देखिएको अन्तर विरोधको अन्त्य गर्न आफ्नो राजिनामा दिएको बताईन ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् ।

मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।