नेकपा एमाले राक्सिराङ गाउँ कमिटी अधिवेशनको उद्घाटनसत्र सम्पन्न

everest kitchen

मकवानपुर । पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका एमाले गाउँ कमिटीको अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ।

कार्यक्रम गाउँ कमिटी अध्यक्ष रोहन लामाको सभापतित्वमा र एमाले मकवानपुर ईन्चार्ज एमाले केन्द्रीय कमिटी सदस्य रामेश्वर राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यस्तै कार्यक्रम बिशेश अतिथि एमाले लेखा समिति आयोग सदस्य पि बि गोले, एमाले बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँ पालिका अध्यक्ष एक राज उप्रेती ,प्रदेश कमिटी सदस्य महेश बर्तौला,प्रदेश कमिटी सदस्य सुन्तली माया चेपाङको उपस्थिति रहेको थियो ।

साथै अतिथिहरु जिल्ला उप-सचीव लाल बहादुर थापा,राक्सिराङ-३ का वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य बाबू लाल स्याङ्तान,वडा नं.६ वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य सिंग लाला प्रजा,वडा नं. ४ वडा अध्यक्ष सञ्जय कोईराला, युवा संघ मकवानपुर जिल्ला कमिटी अध्यक्ष लक्षमण उप्रेती लगायत युवा संघ जिल्ला सदस्यहरुको उपस्तिथि रहेको थियो।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि राणाले विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश भएका दर्जनौं ब्याक्तिहरुलाई स्वागत गर्दै कार्यक्रममा पछिल्लो राजनीनैतिक घटना क्रम र सरकार परिवर्तनमा अदालत हस्तक्षेप भएको हुँदा आश्चर्य भएको नेता राणाले बताए।