नेकपा एमाले राक्सिराङ गाउँ कमिटी अध्यक्षमा रोहन लामा

everest kitchen

सबिन कुमार
मकवानपुर। मकवानपुर पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका गाउँ कमिटीको प्रथन अधिवेशन बाट अध्यक्षमा सिंग राम रुम्बा रोहन लामा सर्वसहमत चयन भएका छन् ।

नेतृत्व चयनमा सहमति जुट्न गाह्रो भएपनि करिब रातको १:३० बजे सहमति जुटेपछी अध्यक्षमा सिंग राम रुम्बा(रोहन लामा) उपाध्यक्ष रञ्जिता घलान,सचीव दिनेश चेपाङ,उप सचिव सञ्च कुमार चेपाङ, अर्को उपसचिव दिनेश वाईबा गरि खुल्ला तर्फ १५ जना महिला तर्फ ५ जना दलित बाट ५ जना गरि जम्मा ७५ सदस्य समिति निर्बिरोध चयन भएका हुन् ।

त्यस्तै कार्यक्रममा नव निर्वाचित कमिटीलाई जिल्ला कमिटी सदस्य बखत बहादुर चेपाङ,संशेर लामा,सञ्जय कोईराला,सिंग लाल प्रजा र प्रदेश कमिटी सदस्य सुन्तलि माया चेपाङले बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।

प्रदेश कमिटी सदस्य सदस्य चेपाङ र जिल्ला कमिटी उप-सचिब तथा गाउँ कमिटी प्रथम अधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष लाल बहादुर थापा द्वोयले निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र बितरण गर्दै कार्यक्रम समापन भएको थियो।