तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा मोक्तान

everest kitchen

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो अबिधेशन शुक्रबार भएको छ । अधिवेशनले जयराम मोक्तानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा सुनु थिङ, सचिव सन्देश थिङ, कोषाध्यक्ष भुवन घलान, सह-सचिव सुनसानी थिङ लगायतका चयन भएका छन । त्यसै गरि सदस्यहरुमा जमुना थिङ, रबिन्द्र वाईबा, ईमान घलान र मेनुका बल चयन भएका छन ।

अधिबेशन हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै उपमेयर लामाले तामाङ पत्रकारिता उत्थानको लागि उपमहानगरपालिका सहयोग गर्न सधै प्रतिबद्ध रहेको बताए ।

मकवानपुर जिल्ला तामाङहरुको बाहुल्यता भएपनि निरन्तर रुपमा पत्रकारिता गरिरहेको तामाङ पत्रकारको संख्यामा निकै कमि भएको बताए ।

संघका कार्य बाहक अध्यक्ष जनक तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिलाकुमार घलान, नेपाल पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, तामाङ पत्रकार संघका केन्दिय सदस्य दुदुमाया सिन्तानले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, सचिव नवराज वाईबा, तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श सिं थोकर र तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगाएतले पनि मन्तब्य ब्यक्त गरेका थिए ।

अधिवेशनको अवसरमा तत्कालिन तामाङ सञ्चार समुह मकवानपुरका सस्थापक अध्यक्ष आदर्श सिं थोकरलाई सम्मान गरिएको थियो ।

त्यस्तै, अधिवेशनले प्रदेश प्रतिनिधिको रुपमा नवराज वाईबा, दिलबहादुर लामा र अमर लामालाई छनौट गरिएको छ । केन्द्रिय प्रतिनिधिको रुपमा आदर्श सिं थोकर ,जनक तामाङलाई छनौट गरिएको छ ।