पीएनसीसीद्धारा आयोजित “श्रम स्वीकृति सम्बन्धि” बृहत् जानकारीमूलक कार्यक्रम सम्पन्न

everest kitchen

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आयोजित श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख परामर्शदाता वैदेशिक रोजगार विभागका नरेन्द्र न्यौपाने र बिकाश श्रेष्ठ रहेको उक्त कार्यक्रम ३१ अक्टोबरका दिन जुम माध्यमबाट सम्पन्न भएको हो ।

कार्यक्रमको पहिलो चरणको कार्यक्रमका प्रमुख परामर्शदाता नरेन्द्र न्यौपानेले नेपाल सरकार तथा वैदेशिक रोजगार बोर्डको ऐन र निर्देशिकामा उल्लेखित श्रम स्वीकृति सम्बन्धि ब्यवस्थाहरुको बारेमा जानकारी गराएका थिए ।

दोस्रो चरणको कार्यक्रम अन्तरकृया कार्यक्रमका अर्का परामर्शदाता बिकाश श्रेष्ठले सहभागीहरुको जिज्ञासा तथा प्रश्नको जवाफ दिएका थिए ।

श्रम स्वीकृति गरेका ब्यक्तिको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट मृतकको परिवारलाई ७ लाख साथै बिमा कम्पनीबाट करिब १३ लाख राहत रकम गरि करिब २१ लाख पाउने ब्यवस्था रहेको छ ।

साथै २ छोराछोरीलाई १२ कक्षा सम्मको शैक्षिक खर्च प्रदान गर्नुपर्नेछ । यदि अंगभंग भएमा मेडिकल रिपोर्ट अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले निर्णय गरि राहत प्रदान गर्दछ ।

यद्यपि केही ब्यक्तिहरुलाई यी राहतहरु कसरी प्राप्त गर्ने भन्ने प्रक्रिया थाहा नभएकोले राहत प्राप्त गर्नबाट बन्चित भएको पनि छ साथै केही ब्यक्तिहरुको राहत परिवार बाहेकका ब्यक्तिहरुले दुरुपयोग गरेको प्रमाण पनि फेला परेको छ । यसकारण श्रम स्वीकृति गर्दा आफ्नै घर परिवारको स्थायी मोबाई नम्बर र इमेल प्रयोग गर्न कार्यक्रममा परामर्शदाता श्रेष्ठले आग्रह गरेका छन् ।

तेस्तै सहभागीहरुलृ विभिन्न जिज्ञासाहरु राखेका थिए । कतिपयको श्रम स्वीकृति लिन अनलाईबाटै गर्न सकिने तर कसरी लिने भन्ने जिज्ञासा राखेका थिए । विभिन्न जिज्ञासा मिटाउदै अनलाइनबाटै श्रम स्वीकृति लिने बारे श्रेष्ठले जानकारी गराएका थिए ।

श्रेष्ठका अनुसार, femis.dofa.gov.np लगिङ गरि नेपालको मोबाईल पे-एप ई-सेवा, खल्ति लगायतका ई-वालेटबाट दस्तुर तिर्न सकिनेछ । श्रम स्वीकृतिको दस्तुर वैदेशिक रोजगार बोर्डमा रु १,५०० र बिमा कम्पनीमा उमेर अनुसार शुल्क बुझाउनु पर्ने साथै श्रम स्वीकृतिको अबधि अधिकांश देशहरुको २ बर्षको रहने उले जानकारी गराए ।

कार्यक्रमको सहजिकरण पहिलो चरणमा पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले गरेको थिए भने दोस्रो हिमालटाइम्सका मलेसिया प्रमुख ईश्वर राईले सहजिकरण गरेका थिए । मलेसिया, साउदी, दुबई, कतार लगायतका देशहरूबाट उल्लेखनीय सहभागी रहेको थिए ।