विदेश रोलिङ कर्मशिलले टिकटक प्रतियोगिता गर्दै

everest kitchen

काठमाडौं । विदेश रोलिङ कर्मशिल टिकटक प्रतियोगिता नोभेम्बर १ तारिख बाट ३१ तारीख सम्म हुने भएकोछ विदेश रोलिङ कर्मशिल मोबाईल एपले वैदेशिक रोजगारी सम्बन्धि विभिन्न जानकारी दिने उदश्यले टिकटक प्रतियोगिता गर्न लागिएको हो ।

विदेश रोलिङले फेसबुक लाईभ कार्यक्रम गरि प्रतियोगिता घोषणा गरेको छ । एपले वैदेशिक रोजगारमा रहेका सम्पूर्ण नेपालीहरुको विदेश बसाईलाई सहज र सुरक्षित बनाउन सहयोग गर्दै आएको छ ।

एप भित्र वैदेशिक रोजगारी सम्बन्धि जानकारी, गुनासो तथा समस्या ब्यबस्थापन र स्वदेश फर्कन चाहानेहरुको लागि स्वदेश मै रोजगारी तथा ब्याबसाय गर्न पनि सहयोग गर्ने भएकोले विदेश रोलिङ कर्मशिल एप डाउनलोड गरेर एफको फाईदा लिन सकिने रोलिङ कर्मशिलका उपाध्यक्ष लोकेन्द्र सिंह चन्दले आग्रह गरे ।

यस प्रतियोगिता टिकटक प्रयोग कर्ताहरुलाई प्रोत्साहनको लागि पनि आयोजना भएकोले टिकटक प्रयोगकर्ताहरुले यो एप डाउनलोड गरि यस बारे थप अध्यायन गरि उत्कृष्ट भिडियो बनाउनेले आकर्षक पुरस्कारहरु जित्ने छन ।

जसको ३ चरणमा प्रतिस्पर्धा हुने छ । पहिलो चरणमा सबै सहभागीबाट उत्कृष्ट १५ जना छनोट हुनेछ । दोस्रो चरणमा १५ जनाबाट ५ जना छनोट गरिनेछ साथै तेस्रो चरणमा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाचौं छनोट हुने कार्यक्रमको प्रमुख निर्णायक गोपाल कृतिले बाताए । छनोट उत्कृष्ट भिडियो कन्टेनको आधारमा हुनेछ भ्युज, लाईक र कमेन्टको आधारमा हुदैन गोपाल कृतिले थपे ।

प्रतियोगिताका उत्कृष्ट ५ जनाले पुरस्कार प्राप्त गर्नेछन । दुबई, साउदी र कतारको संयुक्त प्रतियोगिताका प्रथम पुरस्कार रु ३३,३३३/- दोस्रो ११,१११/- तेस्रो ५,५५५/- र सान्त्वना १,१११/- दुई जनालाई प्रदान गरिनेछ ।

साथै मलेसियाको दोस्रो चरणको प्रतियोगिताका प्रथम २०,०००/- दोस्रो १०,०००/- तेस्रो ५००० र सान्त्वना १,००० पुरस्कार दुई जनालाई प्रदान हुने प्रतियोगिताका संयोजक ईश्वर राईले बताए ।

यस प्रतियोगिताको दुबई प्रतिनिधि रामु गिरी, कतार प्रतिनिधि योगेश श्रेष्ठ, साउदी प्रतिनिधि कुशल मगर र मलेसिया प्रतिनिधि तथा निर्णायक कृष्ण बम्जन रहेकोछ । यो प्रतियोगिता क्रमिकरुपमा अन्य देशहरुमा पनि गर्ने योजना रहेको आयोजकले बताएको छ।