नेपाली काङ्ग्रेस राक्सिराङ्को कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

everest kitchen

मकवानपुर । पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका द्वारा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा अग्रज नेता सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व पार्टी गाउँ सभापति बिरेन्द्र जिम्बा र पार्टी जिल्ला सचीव बुद्ध लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा आनन्द राम कठायत त्यस्तै अतिथिहरुमा चर्चित लोक गायिका राधिका हमाल,महा समिती सदस्य उमा दहाल,महाधिवेशन प्रतिनिधि इन्द्र न्यौपाने ,जानुका लामाको उपस्थिति रहेको थियो ।

त्यस्तै, नेता चित्र बहादुर थापा,नेता होम बहादुर तितुङ,जिल्ला सदस्य तथा राक्सिराङ८ वडा अध्यक्ष राम कृष्ण प्रज, ईश्वर रुम्बा,नेपाली काङ्ग्रेस मनहरी गाउँ पालिका सभापति प्रकाश बर्तौला,राक्सिराङ गाउँ पालिका उपाध्यक्ष निर्मला हिम्डुङ,क्षेत्रीय सचीव थाल बहादुर थापा(सन्तोष ),वडा अध्यक्ष कान्छा राम रुम्बा,सुर्य बहादुर मोक्तान,क्षेत्रीय सदस्य टेक बहादुर पाख्रीन लगायत थुप्रै नेताहरूको उपस्थित रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुलाई गायिका हमालले आफ्नो प्रस्तुति राक्दै मनोरञ्जन दिलाएको थियो भने २७ जना अग्रज नेताहरु लाई सम्मान साथै विभिन्न पार्टी परित्याग गरि दर्जनौं प्रवेश भएका छन ।

त्यस्तै कार्यक्रम काङ्ग्रेस बाट निर्वाचित गाउँ पालिका अध्यक्ष राज कुमार मल्ल, आजको कार्यक्रम प्रमुख अतिथि भनिएका यहि क्षेत्र बाट प्रत्यक्ष निर्वाचित संसद इन्द्र बहादुर बानियाँ र काङ्ग्रेस नेता तथा समानुपातिक संसद सन्त बहादुर चेपाङको भने उपस्तिथि रहेको थिएन।