सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

everest kitchen

काठमाडौं । सल्यानमा यात्रुबाहक बस दुर्घटना भएको छ । प्रहरीका अनुसार सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको बस दुर्घटना भएको हो ।

उक्त बस दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका-५ स्थित खारखोलामा दुर्घटना भएको हो ।

डीएसपी थापाका अनुसार बस सडकबाट २०० मिटर तल खसेको छ । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको छ । मृतकको सनाखत हुन सकेको छ‌ैन।