रेडक्रस सोसाइटी मकवानपुर सभापतिमा लालबहादुर थापा चयन

everest kitchen

मकवानपु। नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका सभापति सूर्यचन्द्र न्यौपानेलाई केन्द्रले बर्खास्त गर्दै लालबहादुर थापालाई सभापति चयन गरेको छ । थापा रेडक्रस मकवानपुरका उपसभापति थिए ।

थापाको नेतृत्वमा ३ महिनाभित्र जिल्ला शाखाको अधिवेशन गर्नेगरि तदर्थ समिति निर्माण गरिएको हो ।

थापा सभापति भएसँगै दुई दशकबाट न्यौपानेको नेतृत्वमा रहेको रेडक्रसले नयाँ नेतृत्व पाएको छ । तदर्थ समितिको उपसभापतिमा खेमराज सापकोटा र सुमित्रा काफ्ले चयन भएका छन ।

शाखाको मन्त्रीमा पिताम्बर बास्तोला, कोषाध्यक्षमा यसोदा श्रेष्ठ, उपमन्त्रीमा सानु थापा, उपकोषाध्यक्षमा हरिकृष्ण कार्की चयन भएका छन ।

शाखा सदस्यहरुमा कमल विष्ट, कृष्णप्रसाद चौँलागाई, मंगल रखाल, राजु घले, मोहन कार्की, प्रेम लम्साल र जंगबहादुर गुरुङ रहने भएका छन ।