प्रवासी श्रमिक समस्या न्यूनीकरणका लागि पीएनसीसीले सरोकारवाला संस्थासंग परामर्श गर्ने

everest kitchen

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को आयोजनामा मलेसिया रहेका नेपालहरुको समस्या न्युनिकरणका लागि सरोकारवाला संघसंस्थाहरुसंग परामर्श कार्यक्रम यहि २१ नोभेम्बर आईतबार हुने भएको छ । प्रवास रहेर नेपाली श्रमिकले भोग्ने गरेका समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमबाट परामर्श र सुझाव संकलन गरि आउदो दिनहरुमा कस्ता कार्यक्रमहरु तथा कार्यहरुको आवश्यकता बनरे योजना बनाउने सहयोग पुग्ने पीनएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताए ।

कार्यक्रममा मलेसियामा रहेका कृयाशिल नेपाली संघसंस्थाहरुको प्रतिनिधिहरु, श्रमिक अगुवा तथा ब्याबसायीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको निस्कर्ष अनुसार अर्को हप्ता नै नेपाली दुतावास मलेसियाका प्रतिनिधि तथा सरोकारवाला संघसंस्थाहरुसंग कार्यक्रम आयोजना गरि मलेसियामा रहेका नेपालीहरुको समस्या न्युनिकरणको लागि बृहत बहस र योजना निर्माण गर्ने आयोजकले जनाएको छ ।

साथै कार्यक्रममा उपस्थित भईदिन सबै सरोकारवाला संघसंस्थालाई अग्रह गरेको छ । उक्त कार्यक्रम मलेसियामा समयानुसार साझ ६ बजे एभरेष्ट किचेन रेष्टुरेन्ट क्वालालम्पुरमा हुने भएको छ ।