सभापति देउवा डडेल्धुराबाट काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै

everest kitchen

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएका हुन् ।

देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको बताएको छ । एक नेताका अनुसार देउवालाई विगतमा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडाएर ल्याउने गरिँदै आएको थियो ।

यस्तै गोविन्द बोहोरा, नैनसिंह महर, रघुवीर भट्ट, जनक कलौनी लगायतका नेताहरु अधिवेशनको तयारीमा जुटेका छन् । डडेल्धुरामा आज अधिवेशन हुनेभएपछि डडेल्धुरा पुरै झिलिमिली पारिएको काङ्ग्रेस स्थानीय नेताले जानकारी दिए ।